गवर्नर्स गोल्ड कपको ४०औं संस्करण शुरु

IMG-20241108-WA0254

सिक्किम पुलिस विजयी

गान्तोक: प्रतिष्ठित गवर्नर्स गोल्ड कप फूटबल टुर्नामेण्टको ४०औं संस्करण शुक्रवारदेखि गान्तोक (सिक्किम)-को पाल्जोर स्टेडियममा शुरु भयो। आज खेलिएको उद्घाटन म्याचमा सिक्किम पुलिसले कालीघाट मिलन समितिविरुद्ध ५-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट सञ्जय राईले ह्याट्रिक गरे। उनले म्याचको ३२औं, ३९औं र ६२औं मिनटमा गोल गरे। यसबाहेक अन्य दुईवटा गोल बक्सर प्रधान (१७औं मिनट) र तिलक सुब्बा (७६औं मिनट)-ले गरे। चार सालको ब्रेकपछि सिक्किम फूटबल एसोसिएशन (एसएफए)-को आयोजनमा शुरु भएको गवर्नर्स गोल्ड कपको ४०औं संस्करणमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिनेछ। यसमा चारवटा विदेशी टीम- ट्रान्सपोर्ट युनाइटेड फूटबल क्लब (भूटान), रोयल फूटबल क्लब (यूएई), केडीएन एफसी (मलेशिया) र चर्च बोयज युनाइटेड (नेपाल) सामेल छन्। यसको साथमा सिक्किम पुलिस एफटी, कालीघाट एमएस , आर्मी (रेड), खावज्वाल भेंगथार एफसी (मिजोरम), जीटीए इलेभेन (दार्जीलिङ), गान्तोक हिमालयन फूटबल क्लब (सिक्किम), पञ्जाब पुलिस एफटी, चेन्नईयन एफसी (आर), गोकुलम केरला एफसी, नर्थईष्ट युनाइटेड एफसी (आर), सुदेवा एफसी (दिल्ली) र डायमण्ड हार्बर एफसीको टीम सामेल छन्। फाइनल २४ नोभेम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement