सिलगढी: सिलगढीको भानु नगरमा शुक्रबार एक महिलाको शव फेला परेको छ। गाई चराउने पुष्पा छेत्री नामकी महिला सो क्षेत्रमा भाडामा बस्ने गरेको बताइएको छ। स्थानीय स्रोतका अनुसार शुक्रबार दिउँसो अर्की महिला उनको खोजीमा भाडाको घरमा आएर पुष्पा छेत्रीको घाँटी काटिएको अवस्थामा शव देखिन्। महिलाले तुरुन्तै सिलगढीको भक्तिनगर थानालाई खबर गरेपछि सिलगढी भक्तिनगर थानाको पुलोइस घटनास्थल पुगे। पछि शव बरामद गरी पोस्टमार्टमको लागि पठाइयो। स्थानीय स्रोतका अनुसार यी महिला सिलगढीको एक शपिङ मलमा काम गर्थिन्। भानुनगरको यो घरमा उनी लामो समय ६–७ महिना भाडामा बसेकी थिइन्। यसबाहेक महिलाको शव फेला पर्दा उनको घाँटीमा केही ठाउँमा घाउ रहेको स्थानीयले बताए। यद्यपी महिलाको मृत्यु के कारणले भयो भन्ने खुल्न सकेको छैन। सिलगढी मेट्रोपोलिटन पुलिसको भक्तिनगर थानाबाट पुलिस टोली यस क्षेत्रमा पुगेको छ। यसबाहेक सो क्षेत्रमा भक्तिनगर पुलिस चौकीका आईसी पनि छन्। महिलाको मृत्यु कसरी भयो भन्नेबारे पुलिसले अनुसन्धान शुरु गरेको छ।