खरसाङ: तीनधारेमा गोर्खे हाट सञ्चालन हुने भएको छ। तीनधारे गोर्खे हाट सञ्चालन समिति गठन गरेर तीनधारेमा प्रत्येक हप्ताह गोर्खे हाट लाग्ने भएको छ। तीनधारेको चिल्ड्रेन पार्कमा आगामी १७ नोभेम्बर २०२४ आईतबारदेखि गोर्खे हाट सञ्चालन हुने भएको जानकारी प्राप्त भएको छ। उक्त गोर्खे हाट सञ्चालन समितिमा सभापति सुशन थापा, सचिव सञ्जीव लामा, कोषाध्यक्ष रोहित दर्जी र अन्यहरू रहेको जानकारी प्राप्त भएको छ। तीनधारे गोर्खे हाट सञ्चालन समितिको मिडिया प्रभारी सन्तोष लामाले जानकारी गराए अनुसार तीनधारेमा सञ्चालन हुने उक्त गोर्खे हाटमा स्थानीयहरूले उत्पादन गरेका शुध्द जैविक सर सामानहरू कम मूल्यमा बिक्री गरिने योजना रहेको र यसको लागि प्रथममा स्थान तीवधारेको चिल्ड्रेन पार्क रहेको छ। स्थानीय जैविक चीज-बीचहरूको किनबेच र यसको प्रमोट गर्नुको साथै स्थानीय कृषकहरूक परिश्रम र मेहनतलाई बजारमा उचित मूल्य प्राप्त होस् भन्ने लक्ष्य राखिएको बताएका छन्। यसको साथै गोर्खा जातीय खानपान र जातीय संस्कृति झल्काउँदै युवा पिँढीलाई जातीय संस्कृति र परम्परा विषयमा जानकारी गराउनु साथै संरक्षण गर्नु रहेको पनि बताएका छन्।