रायपुर: केन्द्रीय गृहमन्त्री अमित शाह बीएसएफको विशेष विमानमा तय शेड्यूलअनुसार शनिवार एक दिवसीय प्रवासमा दिउँसो २.२० बजे रायपुर पुगे। स्वामी विवेकानन्द एयरपोर्टमा भाजपा कार्यकर्ताहरूले शाहको जोडदार स्वागत जनाए। यसपछि उनी नयाँ रायपुर स्थित एनआईएको नवनिर्मित भवनको लोकार्पणको निम्ति प्रस्थान भए। रायपुर पुगेपछि केन्द्रीय गृहमन्त्री अमित शाहले ट्वीट गरे, ‘आज पोला लोक पर्वको अवसरमा छत्तीसगढ़ आउने सौभाग्य प्राप्त भयोl’ दिउँसो रायुपर पुगेका शाहले नवा रायपुरमा एनआईएको नयाँ बिल्डिङ उद्घाटन गरे। उनले नेशनल इन्वेस्टिगेशन एजेन्सीको कामको जमेर प्रशंसा गरे अनि चुनाउअघि देशका सबै राज्यहरूमा एनआईएको ब्राञ्च बनिने बताए।
केन्द्रीय गृहमन्त्रीले भने, ‘नेशनल इन्वेस्टिगेशन एजेन्सीले ९४ प्रतिशत घटना सुल्झाउनमा सफलता पाएको छ। यो भव्य भवन एनआईएको बढ्दो विश्वास र बढ्दो दबदबाको प्रतीक हो। एनआईएको स्थापना भएको धेरै समय भएको छैन। एनआईएले अल्पकालमै पूरा विश्वमा उत्तम कार्यको मान्यता प्राप्त गरेको छ। कुनै पनि एजेन्सीलाई अघि आउन र परिणाम ल्याउनमा लामो समय लाग्छ। एनआईएले अल्प समयमै काममा बेञ्चमार्क स्थापित गरेको छ। यो देशको निम्ति गौरवको विषय हो। दोष सिद्धिको मामिलामा एजेन्सीले गोल्ड मानक स्थापित गरेको छ। यो ९४ प्रतिशत छ। यस्ता मामिलाहरूमा जहाँ षड़यन्त्र देश बाहिर हुन्छ र घटना यहाँ हुन्छ। त्यसपछि पनि षड़यन्त्रको पूरा जाल खोलेर निकाल्नु र नष्ट गर्नमा यस एजेन्सीले विशेषज्ञता हासिल गरेको छ। यसलाई गत तीन वर्षमा एक फेडरल क्राइम इन्वेस्टिगेशन एजेन्सी बनाउने भरसक प्रयास गरेको छl’
उनले भने, ‘विगत वर्षहरूमा १० राज्यमा एनआईएले आफ्नो कामको विस्तार गरेको छ। तीन वर्षमा १८ राज्यमा आफ्नो पहुँचलाई बलियो बनाएको छ। त्यहाँ शाखाहरू खोलिएको छ। देशमा नयाँ चुनावअघि देशका सबै राज्यहरूमा एनआईएको ब्राञ्च हुनेछ। अनुच्छेद ३७० हटेपछि कश्मीरमा शान्ति देखिएको छ। आतङ्की गतिविधिहरू कम भएको छ। वामपन्थी उग्रवादको मूल नष्ट गर्ने काम मोदी सरकारले गरेको छ। २०२१ मा केवल ५०९ घटनाहरू भयो। अब केवल ८६ जिल्लामा माओवादी घटनाहरू रिपोर्ट भइरहेछ। पहिले यो १२० जिल्लामा थियोl’









