नयाँ दिल्ली: साल २०२४-को अन्तिम दुई महिना बाँकी रहेको छ अनि यस अवधि एप्पलले विश्वमा सर्वाधिक बिक्ने स्मार्टफोनको सूचीमा शीर्ष स्थान हासिल गरेको छ। रिसर्च फर्मको रिपोर्ट अनुसार, यस सूचीमा एप्पल शीर्षमा रहेको छ। एप्पलको आईफोन १५ सीरीजको धेरैवटा मोडल सामेल छ। यसरी सेमसंगले सर्वाधिक मोडलको साथ यस सूचीमा स्थान बनाएको छ अनि पहिलोपल्ट २०१८ पछि एउटा ग्यालेक्सी ए डिवाइस शीर्ष १०-मा सामेल भएको छ। यी शीर्ष १० मोडलले स्मार्टफोन बजारको १९ प्रतिशत हिस्सा हासिल गरेको छ।
काउण्टर पोइण्ट रिसर्च अनुसार क्यू थ्री (सालको पहिलो ९ महिना) २०२४-मा आईफोन १५ विश्वमा सर्वाधिक बिक्ने स्मार्टफोन रह्यो। त्यसपछि दोस्रो र तेस्रो स्थानमा आईफोन १५ प्रो म्याक्स र आईफोन १५ प्रो रह्यो। एप्पलले जम्मा चार स्थान हासिल गऱ्यो, जसमा आईफोन १४ सातौं स्थान हासिल गर्न सफल भयो। रिसर्च नोट अनुसार हाई एण्ड स्मार्टफोनको बढ़्दो लोकप्रियताले एप्पललाई यसको स्ट्याण्डर्ड र प्रो मोडल्सबीच बिक्रीको अन्तरलाई कम्ती गर्नमा सहायता पुऱ्याएको छ। यसपाली पहिलोपल्ट सालको पहिलो ९ महिनामा प्रो भेरिएण्ट्सले आईफोनको कुल बिक्रीको आधा हिस्सा लियो, जसले एप्पललाई उच्च मूल्य डिवाइस बिक्री गर्नमा सहायता प्राप्त भयो। सेमसंगले सूचीमा सर्वाधिक ५ स्मार्टफोन मोडल सामेल गऱ्यो। यसमा ४ वटा डिवाइस बजट ए सीरीजको थियो जबकि सेमसंग ग्यालक्सी एस२४-ले दशौं स्थान हासिल गऱ्यो। यसरी यो फोन २०१८ पछि शीर्ष १०-मा आउने पहिलो ग्यालक्सी एस सीरीज डिवाइस बन्यो।