सन्त अल्फन्सेस प्राईमेरी स्कूलमा स्कूल फेस्ट २०२४ सम्पन्न

IMG-20241108-WA0212

खरसाङ: खरसाङको सन्त अल्फन्सेस प्राईमेरी स्कूलमा भव्यताको साथमा स्कूल मेला २०२४ सम्पन्न भएको छ। यस अवसरमा प्रमुख अतिथिको रुपमा जीटीएको एमओडी सभासद श्याम शेर्पा उपस्थित रहेका थिए। स्कूल मेलाको प्रथममा खरसाङको सन्त पावल चर्चकाे पल्ली पुरोहित पिटर जंघ लेप्चाद्वारा प्रार्थना गरेपछि मुख्य अतिथि सभासद श्याम शेर्पाद्वारा रिबन काटेर मेलाकाे शुरुवात गरिएको थियो। स्कूल पक्षबाट स्कूलकाे प्रधान अध्यापिका सिस्टर ग्रोलिया मेरि एसी अनि शिक्षक अनि शिक्षिकाहरूद्वारा सभासद श्याम शेर्पालाई खदार्पण गरेर लगाएर स्वागत गरिएको थियो। स्कूल मेलामा विद्यार्थीहरूका लागि विभिन्न प्रकारका खेलहरु आयोजना गरिएको थियो भने जातीय खान-पानकाे धेरै दोकानहरु पनि उपलब्ध गरिएको थियोे। यस अवसरमा सभासद श्याम शेर्पाद्वारा स्कूलकी प्रधान अध्यापिका, शिक्षक शिक्षिकाहरू अनि सम्पूर्ण विद्यार्थीहरूप्रति आभार प्रकट गर्दै शुभकामना र शुभेच्छा टँक्राएका थिए। उनले यस्तो मेला वर्षमा एकचोटि आयोजना गरिनु पर्ने आवश्यकता रहेको बताउँदै नानीहरू वर्षभरि पढिरहन्छ, त्यसर्थ वर्षमा एक दिन नानीहरुलाई मनोरञ्जनकाे पनि अवश्यकता रहने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement