अनुप गदाल युवा शक्तिको कार्यकारी सचिवमा नियुक्त
खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको जरूरी सभा खरसाङ महकुमा पार्टी कार्यालयमा सम्पन्न भएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समितिको सांगठनिक सचिव एंव कार्यकारी सभासद रतनकुमार थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। खरसाङ महकुमा समितिको प्रवक्ता अनुप रामुदामुद्वारा सञ्चालित सभामा युवा शक्ति खरसाङ महकुमा समितिका निम्ति अनुप गदाललाई कार्यकारी सचिवमा नियुक्त गरिएको छ। सभामा आगमी ११ नोभेम्बरको दिन पहाड भ्रमणमा आईरहेका राज्यकी मुख्यमन्त्रीलाई स्वागत जनाउनेबारे चर्चा परिचर्चा गरियो। सभालाई खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, महासचिव प्रणाम रसाइली, युवा शक्ति महकुमा सचिव बिज्ञान मिश्र साथै केन्द्रीय समिति सांगठनिक सचिव रतनकुमार थापाले सम्बोधन राखेका थिए।

उक्त सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ महकुमा समितिको प्रवक्ता अनुप रामुदामुले विस्तृत रूपमा जानकारी गराएका छन्।