असम: एउटा कारबाट गाई-गोरू जफ्त

IMG-20241104-WA0112

गुवाहाटी: गुवाहाटीको वशिष्ठ थाना क्षेत्र अन्तर्गत जोराबाट पुलिस थानाको टीमले एउटा लग्जरी कारबाट पाँचवटा गाई-गोरूलाई जफ्त गरेर यस मामिलामा दुईजना पशु तस्करहरूलाई पनि पक्राउ गरेको छ।
गए बिहीवार राती जोराबाट पुलिस थाना क्षेत्रमा गुप्त सूचनाको आधारमा चलाइएको अभियान अवधि नगाउँदेखि मेघालय तर्फ गइरहेको इनोभा कार (एएस-०१ एम-०३१७)- बाट पाँचवटा गाई-गोरूलाई जफ्त गरियो। यी गाई-गोरूहरूलाई कारभित्र अत्यन्त क्रूर ढंगमा बाँधेर लगिँदैथ्यो। यस मामिलामा दुईजना पशु तस्करहरूलाई पक्राउ गरिएको छ जसको पहिचान मोहम्मद उल्लाह औ राशिदुल हकको रूपमा गरिएको छ। तस्करहरूले पशुहरूलाई कार मार्फत मेघालयको पशु बजारमा लगिरहेका थिए। पुलिसले यस सम्बन्धमा पशु अधिनियम अन्तर्गत एक प्राथमिकी दर्ता गरी मामिलाको अनुसन्धान गरिरहेको छ। ज्ञात रहोस्, राज्यमा कठोर पशु कानून लागू भएको भए पनि पशुहरूको तस्करी हुन छोड़ेको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement