२७ अगस्तः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत शनिवार एउटा म्याच खेलियो। लेबोङको गोर्खा स्टेडियममा आज भएको पूल डी-को म्याचमा गोर्खा स्पोर्टिंग क्लबले भाह तकभर युनाइटेड एफसी-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट अभिषेक राईले गोल गरे। यसको साथमा बेणु सुब्बा प्रीमियर डीविजन लीग फूटबल टुर्नामेण्टमा पनि आज एउटा म्याच खेलियो। शनिवार भएको म्याचमा सेण्ट जोसेफ्स कलेजले टीन्स फूटबल एकाडमीलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट ज्योति छेत्री, नकुल थापा र एस राईले गोल गरे। आइतवार हर्ली कप विजेता दार्जीलिङ डायनामो र सेण्ट रोबर्टस हाई स्कूलबीच म्याच हुनेछ।