दरंग: दरंग जिल्लान्तर्गत मंगलदोईको गरापरि चापरी क्षेत्रमा चितुवाको आक्रमणमा एकजना महिला गम्भीर रूपमा घाइते भएकी छिन्। स्थानीय मानिसहरूले बताए, मकैको खेतमा काम गरिरहेकी महिलामाथि चितुवाले अचानक आक्रमण गऱ्यो। महिला चिच्याएको आवाज सुन्नसाथ ग्रामीणहरू दौड़ेर घटनास्थलमा पुगे। त्यसबेलासम्ममा चितुवा घटनास्थलबाट भागिसकेको थियो। स्थानीय मानिसहरूले उक्त चितुवा ओरांग नेशनल पार्कदेखि बाहिर निक्लेको हुनसक्ने आशंका व्यक्त गरेका छन्।घाइते महिलालाई मंगलदोई सिभिल अस्पतालमा भर्ती गरिएको थियो, तर तिनको गम्भीर स्थितिलाई ध्यानमा राखेर पछि उच्चस्तरीय उपचारको निम्ति तिनलाई गुवाहाटी मेडिकल कलेज एवं अस्पतालमा रेफर गरियो।









