असम: एक बुजुर्ग महिलाको जंगली हात्तीको आक्रमणमा मृत्यु

IMG-20240629-WA0057-copy-2

नगाउँ: नगाउँको धिंगमा जंगली हात्तीको आक्रमणमा परेर एकजना बुजुर्ग महिलाको मृत्यु भएको खबर छ। सो वृद्धा महिलाको पहिचान जांगफली महेलाको रूपमा भएको छ भने घटना धिंगको शहरिया गाउँमा भएको बताइएको छ।
स्थानीय मानिसहरूले बताए, भोजनको खोजीमा नगाउँको लाओखोवा अभ्यारण्यदेखि बाहिर आएको जंगली हात्तीले सोनारी गाउँ, शहरिया गाउँ र धिंग क्षेत्रको सलनाबादी गाउँमा उपद्रव मच्चाइरहेको छ। जंगली हात्तीले धिंगका विभिन्न गाउँहरूमा धानको फसल नष्ट गर्नको साथै धिंगको सालनाबाड़ी निवासी इकरामुल हुसैन नामक व्यक्तिको घरलाई क्षतिग्रस्त पनि बनाइदिएको छ। पुलिस, वन विभागका कर्मीहरू घटनास्थलमा पुगेर हात्तीलाई जंगलमा फर्काउनको लागि जुटेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement