सिलगढी: सिलगढीमा छठ पूजा उत्सवको अन्तिम दिन उत्तर बङ्गालको एकमात्र सूर्य मन्दिरमा ठूलो संख्यामा भक्तजनहरू भेला भएर शान्तिपूर्ण रूपमा समापन भयो। सूर्य मन्दिर सिलगढीको वार्ड नम्बर ४६ को समर नगर क्षेत्रमा अवस्थित छ।
हरेक वर्ष जस्तै यस वर्ष पनि छठ पर्व हर्षोल्लासका साथ मनाइएको छ। मन्दिरमा शुक्रबार बिहानैदेखि पूजाआजा गर्न भक्तजनहरुको भीड लागेको थियो ।यस दिन मन्दिरमा पूजाआजा गरी विपन्न वर्गलाई कम्बल वितरण गरिएको थियो। वितरण कार्यक्रममा वार्ड पार्षद दिलीप बर्मनको सहभागिता रहेको थियो।