घोषपुकुर चौकीको पुलिसले २४ घण्टाभित्रमै भेटाए बेपत्ता भएकी युवती

IMG-20241108-WA0171

सिलगढी: सिलगढी महकुमा परिषद अन्तर्गतको घोषपुकुर क्षेत्रको गंगाराम चिया बगान क्षेत्रकी बेपात्ता भएकी युवतीलाई घोषपुकुर चौकी पुलिसले २४ घण्टाभित्रै फेला भेटाए। बुधबार साँझदेखि परिवारका सदस्यले बालिकालाई फेला पार्न नसकेको बताइएको छ। त्यसपछि हिजो बिहान पुलिस प्रशासनमा सम्पर्क गरी घोषपुकुर पोस्टमा लिखित उजुरी दिए। त्यसपछि ओसी चिरञ्जित घोषको नेतृत्वमा टोली गठन गरियो। हिजो बिहार प्रस्थान गरेक थियो, र   अन्ततः सफलता मिल्यो। बिहार पुलिसको सहयोगमा दार्जीलिङ जिल्ला पुलिसले युवतीलाई भेटाएर परिवारलाई जिम्मा लगाएको छ। यता परिवारका सदस्यहरूले ओसी चिरञ्जित घोष र पुलिस प्रशासनलाई धन्यवाद जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement