जलपाईगढी: आज छठ पूजाको चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिइयो। योसँगै आज छठ पर्व सम्पन्न भएको छ। देशभरका साथसाथै जलपाईगढीको छठघाटमा आज बिहानैदेखि मानिसको ठूलो भीड देखियो। जलपाईगढी शहरको हरेक छटघाटमा मानिसको ठूलो भीड देखियो। यस दिन छठ भक्तजन बिहानैदेखि पूजा सामग्री लिएर नदी किनारमा ओर्लने गर्दछन्। पुलिस, सुरक्षाकर्मी र नागरिक सुरक्षाकर्मीको समेत उपस्थिति रहेको थियो। छठघाटमा कुनै दुर्घटना नहोस् भनेर प्रशासनले सतर्कता अपनाएको थियो।








