खरसाङ : खरसाङ महकुमा अन्तर्गत सिटोङ दुई ग्राम पञ्चायत अन्तर्गत अप्पर मामरिङको तल्लो गाउँमा सम्पूर्ण गाउँवासीहरू मिलेर आफै एउटा पुलको निर्माण गरेका छन्। सरकारी तौरमा एंव अन्य कतैबाट पनि सहयोग नपाएपछि आफै मिलेर गाउँलेहरूले पुल निर्माण गरेका छन्। धेरै समय अघिदेखि नै धेरै प्रयास गरिए तापनि कुनै विभागबाट पनि यस पुल बनिनु सकेको थिएन। यसैकारण आफ्नो गाउँ आफै बनाऊ भन्ने उद्देश्यले गाउँको १५-१६ घरहरू मिलेर यसलाई निर्माण गरिएको छ।

यस क्षेत्रबाट गाउँका नानीहरू स्कूल अनि मानिसहरू स्वस्थ्य केन्द्र, पञ्चायत अफिस जान पर्दछ। तर खोलामा पुल नभएकोले धेरै असुविधा भईरहेको थियो। वर्खाको समयमा खोला एकदमै ठूलो हुने गरेकोले अब वर्षाको समय आउन लागेको कारणले गाउँलेहरूले आफै मिलेर उक्त खोलामा पुल निर्माण गरेको जानकारी प्राप्त भएको छ। यस काममा सहयोग पुऱ्याउनु हुने सम्पूर्ण मानिसहरू विशेष गहरी प्रेमकुमार खवासलाई धन्यवाद भनी स्थानीय प्रताप मंगरले जानकारी दिएका छन्।