नयाँ चीफ जस्टिसको रुपमा जस्टिस युयु ललितले शपत लिए

नयाँ दिल्ली: आज देशका नयाँ चीफ जस्टिसको रुपमा जस्टिस युयु ललितले शपत लिए। राष्ट्रपति द्रौपदी मुर्मुले तिनलाई शपत दिलाइन्। २६ अगस्तमा जस्टिस एनवी रमना सेवानिवृत्त भएपछि जस्टिस युयु ललितलाई चीफ जस्टिस नियुक्त गरिएको छ। तिनी देशका ४९औँ चीफ जस्टिस हुन्।
१० अगस्तमा राष्ट्रपतिले जस्टिस ललितलाई चीफ जस्टिसको रूपमा नियुक्त गरेको थियो। चीफ जस्टिसको रूपमा उनको कार्यकाल ८ नोभेम्बरसम्म रहनेछ। जस्टिस ललितको जन्म ९ नोभेम्बर, १९५७ मा भएको थियो। जून १९८३ देखि उनले वकालत शुरू गरेका थिए। १९८५ सम्म बम्बे हाई कोर्टमा प्रेक्टिस गरेपछि उनी जनवरी १९८६ मा दिल्ली शिफ्ट भए। अप्रेल २००४ मा तिनलाई सुप्रिम कोर्टमा सिनियर एडभोकेटको मान्यता प्राप्त भयो। २ जी को मामिलामा उनी सीबीआईको स्पेशियल पब्लिक प्रोसिक्युटर नियुक्त गरिए। उनलाई १३ अगस्त, २०१४ मा सुप्रिम कोर्टको जज नियुक्त गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement