सिलगढी: पुलिसले छापा मारेर २७५ केजी सुपारीसहित एक जनलाई पक्राउ गरेको छ। घटनामा संलग्न एउटा पिकअप भ्यानलाई नक्सलबारी पुलिसले नियन्त्रणमा लिएको छ। पुलिस स्रोतका अनुसार नक्सलबारीको सातभैया एसियाली राजमार्गमा ड्युटीमा रहेको भ्यानमा खोजीका क्रममा त्रिपालमा बेरेर राखिएको ५ बोरा सुपारी बरामद भएको हो। सुपारीको वैध कागजात देखाउन नसकेपछि कार चालक मोहम्मद सफिउल आलमलाई प्रहरीले पक्राउ गरेको छ। उनी जलपाईगढीको जुरापानीका बासिन्दा हुन्। उनलाई आज सिलगढी महकुमा अदालतमा पेश गरिनेछ। बरामद बहेको २७५ किलो सुपारीको बजार मूल्य लाखौं रुपियाँ रहेको छ।









