सिलगढी: भाजपा राज्य अध्यक्ष तथा केन्द्रीय मन्त्री सुकान्त मजुमदार शुक्रबार बिहान कोलकाताबाट बागडोग्रा एयरपोर्ट पुगे र सडकबाट अलिपुरद्वार जिल्लाको मदारीहाटको लागि प्रस्थान गरे। सो सिटमा मंसिर १३ गते उपनिर्वाचन हुँदैछ। उनी यही दिन चुनाव प्रचारका लागि विमानस्थलबाट मदारीहाट प्रस्थान गरे। पत्रकारहरुलाई सम्बोधन गर्दै सुकान्त मजुमदारले भने, ‘विगत चुनावमा राज्य प्रदेश सरकारले भूमिका खेलेको थियो। यो चुनावमा मदारीहाट सिटमा पक्कै जित्नेछौं अनि अब २०२६ मा मदारीहाट सिट भाजपाले जित्छ भन्ने भविष्यवाणी गर्दैछु।‘ विमानस्थलमा सुकान्त मजुमदारले जोन बरलाको बारेमा भने, ‘भाजपाको भोट कसैको अनुहारमा होइन उनी हाम्रो पार्टीमा रहनुहुनेछ भन्ने पूर्ण विश्वास छ।‘








