सिलगढी: आज छठ पूजाको चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिइयो। योसँगै आज छठ पर्व सम्पन्न भएको छ। आज बिहान सिलगढीमा ठूलो भीड देखियो। सिलगढीका हरेक छठ घाटमा बिहानैदेखि पूर्णाथीको भीड लाग्यो। बिहानैदेखि छठ भक्तजन पूजा सामग्री लिएर नदी किनारमा गएर पूजाआजा गरे। आज अन्तिम दिन छठघाटमा भीड लागेको छ। त्यहाँ पुलिसको सुरक्षा पनि थियो। सिभिल डिफेन्सका सदस्यहरुको समेत उपस्थिति रहेको थियो। नदीमा दुर्घटना हुन नदिन प्रशासनले कडा अनुगमनको व्यवस्था गरेको छ। समग्रमा सिलगढीमा छठ पूजा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।









