ईटानगर: अरूणाचल प्रदेश पुलिस (एपीपी)-ले शुक्रवार यहाँ आईजी पार्कमा आफ्नो ५२औं स्थापना दिवस धुमधामसित पालन गरेको छ।
स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पेमा खाण्डुले सबै पुलिस कर्मीहरूलाई बधाई दिए साथै ती पुलिसकर्मीहरूलाई स्मरण गरे जसले राज्य अनि राज्यवासीको कल्याणको निम्ति सेवा गरे अनि बलिदान दिए।
आधुनिक तकनिकयुक्त बुनियादी ढांचा सहित राज्यको पुलिस विभागमा भइरहेको तीव्र परिवर्तनमाथि प्रकाश पार्दै मुख्यमन्त्रीले भने, यो सरकारले पुलिस विभागमा सुधार ल्याउनको लागि हरसम्भव प्रयास गरिरहेको छ। राज्य क्याबिनेटले राज्य पुलिसको विशेष ग्रेड पदोन्नतिलाई स्वीकृति दियो, राज्यभरि नै महिला पुलिस स्टेशनहरूको संख्यामा वृद्धि, पुलिस अनुग्रह राशि, धुलाई भत्ता आदिमा वृद्धिलाई सरकारले अनुमति दिएको छ। पुलिस विभागमा जनशक्तिलाई सशक्त बनाउने उद्देश्यले हालैमा राज्यमा २९९३ पुलिस कर्मीहरूलाई भर्ती गरिएको छ। राज्यबाट भ्रष्टाचार औ बन्द (स्ट्राइक) संस्कृतिलाई समाप्त गर्ने सरकारको सपनाको बारेमा जानकारी गराउँदै मुख्यमन्त्री खाण्डुले पुलिसकर्मीहरूलाई राज्यबाट बन्द संस्कृतिलाई मास्नको लागि इमानदारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्ने सल्लाह दिए। उनले भने, राज्य सरकारले बन्द डाक्नेहरूको सामना कसरी गर्नुपर्छ भन्ने निर्देश पहिला नै दिसकेको छ। राज्य सरकारले पहिला नै राज्यबाट भ्रष्टाचारलाई निर्मूल पार्ने भ्रष्ट व्यक्तिहरूसित भिड़न्को लागि एसआईसीको नाम परिवर्तन गरेर एन्टी करप्शन ब्यूरो बनाउने पहल गरेको छ जसले राज्यका भ्रष्टाचारीहरूविरूद्ध कड़ा कारबाही गर्नेछ। राज्यका युवाहरूमा व्याप्त नशाको लतको समस्यालाई समाधान गर्न पनि पुलिसकर्मीहरूलाई कदम उठाउने उनले सल्लाह दिए।








