मुर्शिदाबाद: हिज राति मुर्शिदाबाद जिल्लाको सालार थानान्तर्गत उजुनिया ग्रामको चामराए पहाड़ क्षेत्रमा १४ जिउँदो बम भटिएकोले क्षेत्रमा हड़कम्प मचियो। पुलिसको तर्फबाट शनिवार जानकारी गराइयो, गुप्त सूचनाको आधारमा छापामारी गरी पुलिसले यी बमहरू उद्धार गऱ्यो।
खबर लेखिञ्जेलसम्म बमलाई निष्क्रिय गर्नका लागि मुर्शिदाबाद जिल्ला पलिसको विशेष दस्ता घटनास्थलमा पुगेको थियो। तर यति धेरै बम क्षेत्रमा कसरी आयो, खबर लेखिञ्जेलसम्म पुलिसलाई यसको पत्तो लागेको थिएन। यति भारी संख्यामा बम उद्धार गरिएकोले क्षेत्रमा भयको माहोल छ। पुलिस मामिलाको जाँचमा जुटेको छ।