गोरुबथान: बडा फागु खेल मैदानमा भइरहेको स्व. शंकर सेन स्मृति नगद राशि फुटबल टुर्नामेन्ट रोमाञ्चक खेलको तेस्रो म्याच ब्राइट स्पोर्टिङ्ग क्लब बनाम युजिएफसी गीतडाब्लिङमाझ समपन्न भएको थियो। यस खेलमा सिलगढीलाई पराजित गर्दै गीतडाब्लिङ अघिल्लो चरणमा पुगेको छ। खेल अवधिभरि एकएक गोल मात्र भएपछि निर्णायकले प्यानल्टी सुटआउटको सहारा लियो। प्यानल्टी सुटआउटमा ब्राइट स्पोर्टिङ्ग क्लबले ७ गोल दागे भने युजिएफसी गीतडाब्लिङले ८ गोल दागेर विजयी बन्न सक्यो। खेल खुबै रोमाञ्चक भएको थियो ।खेल सुरु भएको २९ मिनेटमा नै ब्राइट स्पोर्टिङ क्लबका खेलाडी गौरव तामाङ (११) नम्बरले एक गोल दागे। द्वित्यार्दको खेल सुरु भएको १८ मिनेटमा युजीएफसी गीतडाब्लिङका खेलाडी नुर्जाङ लेप्चा (१०) ले एक गोल गरेर खेल बराबरीमा पुर्याए।
भोलिको खेल-युकेएफसी खरसाङ बनाम जलपाईगडीमाझ समपन्न हुनेछ।