गान्तोक: सोरेङ जिल्लाका जिल्लापाल एवं जिल्लास्तरीय परामर्श समितिका अध्यक्ष धिराज सुवेदीको अध्यक्षतामा सोरेङ जिल्ला प्रशासनिक केन्द्रमा एक सभा सम्पन्न भयो। उक्त सभामा कार्य योजनाको समीक्षा गर्दै त्रैमासिक वित्तीय साक्षरता शिविर र ब्लक स्तर व्याङकर्स समितिको बैठकमा आ-आफ्नो क्षेत्रमा सञ्चालन गर्न निर्देश दिइयो। सभालाई सम्बोधन गर्दै जिल्लापाल सुवेदीले एफएलसी र बीएलबीसीका सदस्यहरूले खण्ड विकास अधिकारीहरूसँग मिलेर काम गर्दै लक्ष्य प्राप्त गर्न साथै जिल्लाको विकासमा योगदान पुर्याउन लाइन विभागहरूको संलग्नतामा काम गर्न सुझाव दिए। सभामा व्याङ्कको योजनाहरूलाई आम जनतासमक्ष पुऱ्याउनको निम्ति पाम्फलेट र अडियो भिज्युलको मार्फतद्वारा जनतालाई जागरूग गराउनु पर्ने आग्रह गरे।