राज्यपालको भ्रमणलाई लिएर नाम्चीमा प्रशासन सतर्क

IMG-20241107-WA0295

गान्तोक: राज्यपाल ओम प्रकाश माथुरको नाम्ची जिल्लाको भ्रमणलाई लिएर आज अन्तिम चरणको बैठक नाम्ची जिल्लाकी जिल्लापालको च्याम्बर्समा सम्पन्न भयो। बैठकमा अतिरिक्त जिल्लापाल (मुख्यालय) सुवास घिमिरे, अतिरिक्त जिल्लापाल निम पिन्छो भोटिया लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। बैठकमा राज्यपालको नाम्ची जिल्ला भ्रमणलाई लिएर प्रबन्धनबारे छलफल गरियो। राज्यपाल माथुरले भोलि 8 नोभेम्बर र 9 नोभेम्बरको दिन दुइ दिवसीय नाम्ची जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको छ। भ्रमणको पहिलो दिन राज्यपालले नाम्चीको विभिन्न स्थानको निरीक्षण गर्ने कार्यक्रम रहेको छ भने दोस्रो दिन सिद्धेश्वर धाम र सामद्रुप्चेको निरीक्षण गर्ने प्रार्थना गर्ने भएका छ्न्।दुई दिवसीय भ्रमणको क्रममा राज्यपालले राभाङलाका स्थानीयहरूसँग अन्तक्रिया गर्दै बुद्ध पार्कको भ्रमण गर्ने भएका छन्। राज्यपालको दुई दिने भ्रमणले यस क्षेत्रको सांस्कृतिक सम्पदा र यसका चलिरहेका विकास पहलहरूको प्रगतिलाई प्रकाशपार्दै स्थानीय समुदायहरूसँग प्रत्यक्ष संलग्नताको अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement