सरकारले स्वास्थ्य, विकास र शान्तिका लागि काम गरेको छः स्वास्थ्य मन्त्री

IMG-20241107-WA0293

गान्तोक: सिक्किम सरकारका स्वास्थ्य एवं परिवार कल्याण विभागीय मन्त्री जीटी ढुङ्गेलले स्थानीय सोच्यागाङस्थित नयाँ एसएटीएनएम अस्पतालमा आयोजित दिव्याङ्ग व्यक्तिहरूका लागि सामाजिक समावेशीकरण राष्ट्रव्यापी चेतनामूलक कार्यक्रममा भाग लिए। यो पहल समावेशी भारत अभियानको एक भागको रूपमा आयोजना गरेको हो। अस्पतालको अडिटोरियम हलमा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित मन्त्री ढुङ्गेलले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भरता र आत्मविश्वासका माध्यमबाट सशक्तिकरण गर्दै विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुऱ्याउन सक्ने विभिन्न केन्द्रको प्रशंसा गरे। उनले समावेशी भारत अभियानको मिशन सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको कार्यसित जोड़िएको बताए। उनले प्रत्येक व्यक्तिले स्वास्थ्य, समृद्धि र सुख पाउने समाज निर्माणमा मुख्यमन्त्रीको दृष्टिकोण केन्द्रित रहेको बताए। अतिथि गोपीनाथ मुथुकड र विभिन्न कला केन्द्रका कार्यकारी निर्देशकको नेतृत्वमा समावेशी भारत अभियानले विभिन्न अपाङ्गता भएका व्यक्तिहरुपलाई समाजको मूलधारामा एकीकृत गर्ने काम गरेको उल्लेख गरे। भारत सरकारको सामाजिक न्याय मन्त्रालयअन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरणको लागि विभिन्न कला केन्द्रद्वारा आयोजित, अभियानको क्रममा सिक्किममा पनि कार्यक्रम शुरु गरेको हो। गोपीनाथ मुथुकडले जागरूकता कार्यक्रमको एक भागको रूपमा एक आकर्षक जादु शो प्रस्तुत गरे। आफ्नो कला प्रयोग गरी दर्शकहरूलाई मनोरञ्जन र अपाङ्गताबारे सम्मानजनक र समावेशी सोच राख्नुपर्ने सन्देश दिए। यसबीच सिक्किम सरकारको स्वास्थ्य तथा परिवार कल्याण विभागका अतिरिक्त निर्देशक डा कर्मा छदेन भोटियाले कार्यक्रमको महत्वबारे प्रकाश पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement