आईपीएलको मेगा लिलामी अघि आरसीबी-लाई परामर्श दिए डीभिलियर्सले

IMG-20241107-WA0289

नयाँ दिल्ली: मिस्टर ३६०-को नामले चिनिने दक्षिण अफ्रिका र रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-का पूर्व ब्याटर एबी डीभिलियर्सले आईपीएल-को मेगा लिलामी अघि फ्रेञ्चाइजीको निम्ति आफ्नो शीर्ष प्राथमिकताहरूको खुलासा गरेका छन्। आईपीएलको मेगा लिलामी २४ र २५ नोभेम्बरमा जेद्दामा हुनेछ। लिलामी अघि डीभिलियर्सले आफ्नो यूट्यूब च्यानलमा केही बलरहरूका नाम उल्लेख गरेका छन्, जसलाई आरसीबी-ले आफ्नो सूचीमा राख्नु पर्नेछ। उनले आरसीबी को घरेलु मैदान चिन्नास्वामी स्टेडियमको गतिशीलतासँग परिचित खेलाड़ीहरूका आवश्यकतामाथि जोड़ दिएका छन्, जसले योजनाहरूलाई प्रभावी तरिकाले क्रियान्वित गर्न सक्नेछन्। डीभिलियर्सले भने, मेरो चार प्राथमिकतामा युजवेन्द्र चहल, कगिसो रबाडा, भुवनेश्वर कुमार र रविचन्द्रन अश्विन सामेल छन्। रबाडा उपलब्ध रहने म मोहम्मद शमीलाई चयन गर्नेछु। उनी पनि उपलब्ध नरहे अर्शदीप सिंह सही विकल्प हुनेछन्। यसैकारण सम्भावना धेरै छ। हामीलाई केवल एउटा ट्रफीको आवश्यकता छ। हामीलाई यस्तो एउटा टीमको आवश्यकता छ जसले चिन्नास्वामीलाई बुझ्नेछ। हामीलाई यस्तो बलरको आवश्यकता छ जसले योजना अनुसार खेल्न सक्नेछन् या जसको खेलबारे असल जानकारी हुन्छ। हामीले रिटेन्शनमा अधिक खर्च गरेनौ। यसैकारण असल बजट रहेको छ। अब युजी (चहल) लाई टीममा सामेल गर्ने प्रयास गर्नु पर्नेछ। युजी अहिले पनि म्याच जिताउने बलर हुन्। म उनलाई निश्चित रूपले आरसीबी-को टीममा हेर्न चाहन्छु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement