अनुभव अनि खेलबारे ज्ञान हासिल गर्न आईपीएलमा खेल्ने जेम्स एण्डरसनको इच्छा

IMG-20241107-WA0288

नयाँ दिल्ली: खेलबाट सन्न्यास लिइसकेका ईंग्ल्याण्डका दिग्गज पेस बलर जेम्स एण्डरसन खेलबारे आफ्नो ज्ञान बढ़ाउन आईपीएल-को आउँदो मेगा लिलामीमा ओर्लिरहेका छन्। एण्डरसन (४२ वर्ष)-ले यस सालको शुरुवातमा टेस्ट क्रिकेटमा सबैभन्दा सफल पेस बलरको रूपमा खेलबाट बिदा लिएका थिए। अहिलेसम्म आईपीएलमा नखेल्ने यस दिग्गज बलरले २०१४-मा आफ्नो अन्तिम टी२० म्याच खेलेका थिए। यसपाली २४ र २५ नोभेम्बरमा जेद्दामा हुने लिलामीको निम्ति चाहिँ उनले पञ्जीकरण गराएका छन् अनि आफ्नो बेस प्राइस १.२५ करोड़ रुपियाँ राखेका छन्। एण्डरसनले आफ्नो टेस्ट करियरमा १८८ वटा म्याच खेलेर ७०४ विकेट लिएका थिए। उनी टेस्ट क्रिकेटको इतिहासमा श्रीलंकाका मुथैया मुरलीधरन (८००) र अष्ट्रेलियाका शेन वार्न (७०८) पछि तेस्रो सर्वाधिक विकेट लिने बलर हुन्। एण्डरसनले भने, शारीरिक र मानसिक रूपले मलाई अहिले पनि खेल्न सक्छु जस्तो लाग्छ। यस्तो मेरो अन्तरआत्माले भन्छ। मैले कहिले आईपीएलमा खेलेको छुइनँ। मैले कहिले यसको अनुभव लिएको छुइनँ। धेरै कारणहरूले गर्दा एकजना खेलाड़ीको रूपमा दिनु पर्ने धेरै कुराहरू मसँग छ जस्तो लाग्छ। उनी विश्वको सबैभन्दा ठूलो टी२० लीगमा खेलेर बलरको रूपमा आफ्नो ज्ञान मात्र नबढ़ाएर प्रशिक्षकको रूपमा पनि अनुभव र ज्ञान हासिल गर्न चाहन्छन्। उनले भने, मैले आफ्नो करियर समाप्त गरेपछि सामान्य कोचिंग गराएको छु। मैले ईंग्ल्याण्ड टीमसँग सामान्य मेण्टरको रूपमा पनि काम गरेको छु। यसैकारण विश्वको सबैभन्दा प्रतिस्पर्धी टी२० लीगमा खेलेर म आफ्नो इच्छा पूरा गर्न चाहन्छु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement