टिकटक औपचारिकरूपमा नेपालमा सूचीकृत भयो

IMG-20241107-WA0283

काठमांडू: सामाजिक सञ्जाल टिकटक नेपालमा पहिलो पटक आधिकारिक रूपमा सूचीकृत भएको छ। तिहारअघि नै प्रक्रिया पूरा भइसकेको भए पनि मङ्गलबार मात्रै टिकटकको कम्पनीले नेपालमा आधिकारिक रूपमा सूचीकृत भएको प्रमाणपत्र लिएको हो।
मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरले भने, ‘‘टिकटक औपचारिकरूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत भएको छ। टिकटकले करदाता नम्बर र प्यान नम्बर पनि लिएको छ।’’
नेपालमा सूचीकृत भएसंगै साइबर अपराधको अनुसन्धानमा उक्त कम्पनीले सघाउने प्रतिबद्धता जनाएको छ। यति मात्रै नभएर नेपालको कानुन तथा सर्त मान्न तयार भएको, पर्यटन प्रवर्द्धन तथा डिजिटल साक्षरतामा पनि सघाउने प्रतिबद्धता जनाएको छ।
सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले १२ नवंबर २०२३ मा टिकटक बन्द गरेको थियो। त्यसको करिब साढे नौ महिनापछि २०२४ अगस्त २२ मा मन्त्रिपरिषद् बैठकले सर्तसहित टिकटक माथिको प्रतिबन्ध हटाउने निर्णय लिएको थियो। त्यसपछि सरकार र टिकटकबिच वार्ता भएर २०२४ अगस्त ८ देखि प्रतिबन्ध हटेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement