असम: पोखरीमा डुब्दा एक किशोरको मृत्यु

IMG-20240723-WA0063

गुवाहाटी: एक तलाउमा डुबेर एकजना किशोरको मृत्यु भएको छ।
जानकारी अनुसार शहरको बेंतकुची क्षेत्रमा विशाल दास नामक किशोर गए बुधवार आफ्ना साथीहरूसित नुहाउन गएका थिए।
नुहाउँदा-नुहाउँदै विशाल तलाउमा डुबेका थिए भने उसको शव आज उद्धार गरियो। पुलिस सूत्रले आज बताए अनुसार एकजना किशोर गुहावाटी केन्द्रिय कारावासको पछिल्लोतिर अवस्थित तलाउमा डुबेको सूचना प्राप्त भएको थियो। मृतक बेंतकुची स्कूलमा दशौं कक्षामा अध्ययनरत थिए भने तिनी आफ्नो परिवारसित लोखरामा बस्थे। भनिन्छ, विशाल र तिनका तीनजना साथीहरू तलाउमा नुहाउन गएका थिए। तलाउमा पैड़िने हुँदा किशोर अचानक तलाउको गहिरो पानीमा डुबे। साथीहरूले तिनलाई डुबेको देखेर घरमा खबर दिए। पछि विशालको शव बिहीवार बिहान तलाउबाट उद्धार गरियो अनि पोस्टमर्टमको लागि नजिकैको अस्पतालमा पठाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement