बिराटनगर: मन्त्रालयका नक्कली कर्मचारी बनाएर जापान पुर्याइएका ३ जनासहित एमाले नेता तथा कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीलाई जापानले डिपोर्ट गरेको खुलेको छ। ३ जनाले १० देखि १३ लाखसम्म तिरेको बयान दिएका छन्। ३ जनालाई पक्राउ गरिसकिएको भए पनि लिलाबल्लभ अधिकारीलाई पक्राउ गरिएको छैन। कोशीका मुख्यमन्त्री अधिकारीलाई के गर्ने भनेर अहिले काठमांडूमा प्रधानमन्त्रीसँग सल्लाहमा छन् भन्ने समाचार छ।