खरसाङ: आस्थाको चाढ छठ पूजा खरसाङमा पनि भक्तिभाव र श्रध्दाको साथमा पालन गरिएको छ। छठ पूजाको पावन अवसरमा खरसाङ बजारको राम मन्दिर परिसरमा सार्वजनिक छठ पूजा आयोजना गर्ने गरिन्छ। यहाँ विगत एक सय वर्षभन्दा पहिलादेखि छठ पूजाको अायोजना गरिरहेको जानकारी प्राप्त भएको छ। छठ पूजा विशेष गरेर प्राकृतिक पूजा मानिन्छ। चार दिवसीय रूपमा चल्ने छठ पूजा गत मंगलबार ५ नोभेम्बरदेखि शुरु भएर आज अस्ताउँदै गरेको सूर्यलाई अर्घा चढ़ाएर भोलि बिहान ८ नोभेम्बरको बिहान उदाउँदै गरेको सूर्यलाई अर्घा चढाएर समाप्त हुने गर्दछ। छठ पूजा स्वच्छतालाई ध्यानमा राखेर विशेष प्राकृतिक पूजा गर्ने गरिन्छ अनि यो छठ पूजा बिहारी समुदायको लागि विशेष ठूलो चाढ मानिन्छ।









