खरसाङ: युनाईटेड खरसाङ फुटबल क्लबका खेलाड़ीहरू आसनसोलमा आयोजना हुने मानिक उपाद्यय अनि पप्पु मेमोरियल नक आउट फुटबल टुर्नामेन्टमा खेल्ने भएको छ। आसनसोलमा दोमोहानी ईलेभेनले आयोजना गरेको उक्त फुटबल टुर्नामेन्टमा युकेएफसीका खेलाड़ीहरूले पनि सहभागिता जनाउन गईरहेका छन्। उक्त टुर्नामेन्ट आगामी १३ नोभेम्बरको दिन हुने भएको छ। यसको लागि युकेएफसीको खेलाड़ीहरू र अफिसियलहरू आगामी १२ नोभेम्बरमा खरसाङबाट आसनसोलको लागि जाने भएको जानकारी प्राप्त भएको छ। उक्त फुटबल टुर्नामेन्टमा युकेएफसीले सनराइज एफसी उडिस्सासित खेल खेल्ने भएको जानकारी प्राप्त भएको छ। युकेएफसी खरसाङ पहाड़मा यस्तो फुटबल क्लब हो जसले स्थानीय खेलाड़ीहरूलाई प्रमोट गर्ने गरेका छन् भने स्थानीय खेलाड़ीहरूलाई नै वार्षिक अनुबन्धमा राखेर खेल खेलाउने कार्य गरिरहेका छन्। युकेएफसीले विभिन्न स्थानहरूमा विभिन्न प्रसिध्द फुटबल टुर्नामेन्टहरूको उपाधि जित्दै आईरहेका छन्। युकेएफसीले दार्जिलिङ, कालेबुङ लगायत सिक्किम, नेपाल, भूटान र भारतको विभिन्न स्थानहरूमा प्रसिध्द फुटबल टुर्नामेन्टको उपाधि जित्दै आएको छ। हालैमा ६ नोभेम्बरको दिन मात्र युकेएफसीले मङ्पु गोल्ड कप फुटबल टुर्नामेन्टको उपाधि पनि जितिसकेको छ।