युकेएफसी असनसोलको फुटबल टुर्नामेन्टमा खेल्न जाँदै     

WhatsApp-Image-2024-11-07-at-17.57.17

दार्जीलिङ: दार्जीलिङ पहाडी भेकको चर्चित फुटबल क्लब युनाइटेड खरसाङ फुटबल क्लब (युकेएफसी) असनसोलमा माणिक उपाध्याय एण्ड पप्पु उपाध्याय मेमोरियल नकाउट फुटबल टुर्नामेन्ट खेल्ने भएको छl असनसोलमा दोमोहनी इलेभेन, गौरंडीको आयोजनामा हुने यस टुर्नामेन्टमा युकेएफसीले सनराइज एफसी ओडिसासित १३ नोभेम्बरमा खेल्ने छl युकेएफसीका खेलाडीहरू र अधिकारीहरू १२ नोभेम्बरको दिन खरसाङबाट असनसोल प्रस्थान गर्नेछन्l दार्जीलिङ पहाडी भेकमा फुटबल खेललाई पेशादारीको रुप दिने कार्यमा युकेएफसीको भूमिका महत्त्वपूर्ण रहेको छl ६ नोभेम्बरको दिन मात्र ‘मङ्पू गोल्ड कप २०२४’ जितेका युकेएफसीले दर्जनौं ठूला सम्मानजनक फुटबल प्रतियोगिताहरू खेलेर धेरै पटक विजयी भएको छl दार्जीलिङ पहाडी भेक बाहेक सिक्किम, भुटान, नेपाल साथै भारतका विभिन्न ठाउँहरू युकेएफसीले सफलतापूर्वक खेलिसकेका छन्l

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement