यसपाली कम फलेको छ सिविटारको सुन्तला

IMG-20241107-WA0252

उचित पहल र विभागीय सहयोग नभए सिविटारबाट पनि सुन्तलाको खेती सकिएर जाने कृषकहरूमा चिन्ता

खरसाङ: खरसाङ खण्ड अन्तर्गत सिविटार क्षेत्रमा सुन्तला खरसाङभरिमा धेरै मात्रामा उत्पादन हुने गर्छन्। सिविटारको सुन्तला सबैभन्दा बेसी मिठो पनि मानिन्छ। तर यसपाली गत वर्षको तुलनामा सिविटारमा केही कम सुन्तला फलेको जानकारी प्राप्त भएको छ। यसको साथै सिविटार चियाबारी क्षेत्रमा वर्षेनी सुन्तला फलाईको परिमाण घटेर जाँदै गरेको कृषकहरू बताउँछन्। त्यसलै उचित पहल र संरक्षण साथै विभागीय सहयोग प्राप्त नभए सिविटार क्षेत्रबाट पनि सुन्तला खेती विस्तारै सकिएर जाने कृषकहरूले चिन्ता गरिरहेका छन्। हरेक वर्ष खरसाङ बजारमा सिविटार क्षेत्रको सुन्तला पूरै देखिन्छ। यसपाली पनि सिविटारको सुन्तला खरसाङ बजारमा तिहारभन्दा अघिदेखि नै निस्केको थियो। सुन्तला अलि अलि पाकेको र हरियो हुँदादेखि नै सिविटारबाट खरसाङ बजारमा सुन्तला बिक्रीमा रहेको थियो। अहिले खरसाङभरिमा सबैभन्दा अधिक सुन्तला हुने ठाउँ हो सिविटार चियाबारी। यहाँ हालमा अन्य स्थानहरूमाभन्दा अधिक सुन्तला फल्ने गरेको छ। यसको तुलनामा अरू स्थानहरूमा सुन्तला खेती कम हुन थालेको छ भने सुन्तलाको फलाई पनि कम हुने गरेको छ। यसपाली सिविटार चियाबारीको विभिन्न गाउँहरूमा सुन्तला फलाई गत वर्षको तुलनामा निक्कै कम फलेको पाइएको छ भने कुनै गाउँतिर नयाँ सुन्तलाको बोटहरूमा भने फलाई राम्रै देखिएको छ। तर यस क्षेत्रमा रहेका सुन्तला कृषकहरूलाई सम्बन्धित विभागबाट सहयोग भने न्यून रहेको साथै कुनै सहयोगबिना नै कृषकहरूले सुन्तला खेती गररिहेको जानकारी प्राप्त भएको छ। सुन्तला खेतीको लागि विभागीय सहयोगको अावश्यकता देखिएको छ भने सुन्तलाको खेतीमा कृषकहरूलाई सचेतनासहित सेमिनारहरू, सुन्तला उत्सव साथै एक्पर्टहरूलाई लिएर कार्य गरिन आवश्यक देखिएको छ। नत्र सिविटार क्षेत्रमा पनि सुन्तला खेती विस्तारै हराएर जान सक्ने देखिएको छ। यसको साथै यसपाली सिविटारमा सुन्तला बोटबाट भूँइमा झरेर फलाई कम्ती भएको कृषकहरूले बताएका छन्। यसपाली बाहिरबाट पैकारीहरू पनि कम आएको बताइएको छ। सुन्तला भूँइमा झरेको कारणले पाक्नु अघि नै कृषकहरूले बोटबाट सुन्तला टिपेर खरसाङ बजार लगेर बिक्री गरिरहेका छन्। कतिजनाले आफै बजार लगेर बिक्री गर्छन् भने कतिजना कृषकहरूले भने पैकारीहरूलाई बारीबाटै बिक्री गरिसकेको जानकारी गराएका छन्। सिविटार चियाबारी क्षेत्रमा रहेको विभिन्न गाउँहरूमा सुन्तला खेती गर्ने कृषकहरूले विभागीय सहयोग नभएको गुनासो गरिरहेका छन्। यसको साथै सुन्तला खेती मेहनत र परिश्रमसाथ खेती गर्न सके राम्रो आय आर्जन गर्न सकिने बताएका छन्। सिविटारको सुन्तला अब बारीबाट टिपाईको कार्य शुरु भएको छ भने खरसाङ बजारमा लगेर पैकारीहरूलाई बेच्ने गरेका छन् भने कतिले घरबाट नै पैकारीहरूलाई बिक्री गरिहेका छन्। तर सिविटारको सुन्तलाको संरक्षण र सम्बर्ध्दनको लागि समयमा नै उचित र सठीक तरिकाले यसको दबाई पानी गरिनुपर्छ। सुन्तला खेती गरिरहेका सिविटार चियाबारीको सुन्तला कृषकहरूना स्थानीय राजेन्द्र प्रधानले भने आफ्नो बारीमा यसपाली गत वर्षको तुलनामा अधिक फलेको जानकारी गराएका छन्। उनले यसपाली आफैले झारपातको जैविक रूपमा दबाई बनाएर प्रयोग गरेकोले सुन्तला राम्रो फलेको बताएका छन्। उनले यसपाली घरमै पैकारी आएर मोलाई गरेकोले घरबाटै बिक्री गरिसकेको बताएका छन्। राजेन्द्र प्रधानले आफ्नो सुन्तला बारीबाट नै गाउँकै पैकारीलाई ४३ हजारमा बिक्री गरिसकेको जानकारी गराएका। उनले सुन्तला खेतीमा राम्रोसितले मेहनत गरेको खण्डमा आय आर्जन राम्रो हुने बताउँदै सम्बन्धित विभागबाट सहयोग भने प्राप्त नभएको बताएका छन्। त्यसरी नै अर्का कृषक राजु राईले सुन्तला बोटबाट झर्ने गरेकोले यसपाली कम सुन्तला फलेको बताउँदै यसपाली आफै टिपेर खरसाङ बजार लगेर बिक्री गर्ने गरेको जानकारी गराएका छन्। उनले आफुहरूले बोटबाट टिपेर खरसाङ बजार लगेर सैकड़ाक हिसाबमा पैकारीलाई बिक्री गर्ने गरेको बताउँदै आफै बजार लगेर बिक्री गर्न सकिए राम्रो आय हुने बताएका छन्। उनले सुन्तला खेतीमा धेरै मेहनत लाग्ने बताउँदै सुन्तला खेतीमा हामीलाई सम्बन्धित विभागबाट सहयोग प्राप्त नभएको गुनासो पोखेका छन्। समयमा नै सुन्तलालाई दबाई पानी गर्न सके राम्रो हुने थियो तर कुनै सचेतना नभएकोले बोटबाट सुन्तला निक्कै बेसी झर्ने गरेको बताएका छन्। सिविटारमा सुन्तला खेती गरिरहेका अर्का एकजना सुन्तला कृषक उत्तम छेत्रीले गत वर्षको तुलनामा यसपाली आफ्नो बारीमा सुन्तला खेती एकदमै कम्ती रहेको बताएका छन्। उनले गत वर्ष सुन्तलाबाट लगभग दुई लाग जस्तो आय भएको तर यसपाली कम्ती सुन्तला भएको कारणले ६०-७० हजार मात्र हुनसक्ने सम्भावना देखिएको बताएका छन्।

उत्तम छेत्रीले सिविटार चियाबारी क्षेत्रमा सुन्तला खेती विस्तारै घट्दै गएको जानकारी गराउँदै यस क्षेत्रमा सुन्तला खेतीमा विभागीय सहयोग न्यून रहेकोले साथै सुन्तला खेतीमा उचित पहल र सचेतना नहराईए अन्य क्षेत्रहरूमा जस्तै सिविटारमा पनि विस्तारै केही वर्षपछि सुन्तला खेती सकिएर जाने आशंका व्यक्त गरेका छन्। उनले सुन्तला खेतीको लागि कृषकहरूलाई विभागीय सहयोग हुन आवश्यक छ भन्दै सुन्तला खेती विषयमा सेमिनार, सचेतना कार्यक्रम लगायात विभिन्न कार्यक्रमहरू आयोजना गरिनु आवश्यक देखिएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement