२७ अगस्तः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको तेस्रो सीजनमा परिमलनगर स्पोर्टिंग क्लबले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। सिमुलबारी खेल मैदानमा शनिवार खेलिएको पूल ए-को म्याचमा परिमलनगर स्पोर्टिंग क्लबले कञ्चनजंघा फूटबल क्लब (केएफसी)-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल गर्ने विशाल खवासलाई प्लेयर अव् द म्याच चयन गरियो। अब आइतवार खेलिने म्याचमा सिलगढ़ी युनाइटेड एफसी र जलपाइगढ़ी पुलिसबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। फाइनल १३ सेप्टेम्बरमा हुनेछ।