काठमांडू: पुण्य गौतमको ज्यान मार्न परिचालित भएका दुर्गा प्रसाईका २ जना कार्यकर्ता जेल चलन भएका छन्। सञ्जीव तामाङ (३०) र दिलबहादुर गङदान (४१) पुर्पक्षका लागि कारागार चलान भएका हुन्। प्रहरीसँगको बयानमा तामाङले १ लाख पाउने सर्तमा गौतममाथि आक्रमण गरेको वताएका छन्। आक्रमणपूर्व १० हजार र त्यसपछि ४० हजार रुपैयाँ पाएको वताएका उनले बाँकी पैसा नपाएको भन्दै गुनासो गरेका छन्। उनीहरूले अदालतमा भने इन्कारी बयान दिएका छन्। उनीहरु दुर्गा प्रसाईंको अभियानका सदस्य हुन्। उनीहरूविरुद्ध मुद्दा चले पनि दुर्गा प्रसाईंविरुद्ध भने अनुसन्धान भएको छैन।