यूएफा च्याम्पियन्स लीगःबार्सिलोनाले सजिलै जिते पनि आर्सनल र पीएसजी पराजित

photocollage_202411712838588

लण्डन: यूएफा च्याम्पियन्स लीग फूटबलमा बार्सिलोनाले लगातार तेस्रो जीत हासिल गऱ्यो। यसबीच आर्सनल र पेरिस सेण्ट जर्मेनले चाहिँ हारको सामना गर्नु पऱ्यो। बुधवार राति खेलिएको म्याचमा बार्सिलोनाले सर्बियाको क्लब श्रवना ज्वेज्दालाई ५-२-ले पराजित गऱ्यो। यस अवे म्याचमा ७० प्रतिशत पोजेशनको साथ खेल्ने स्पेनिश क्लबबाट रोबर्ट लेवाण्डोस्कीले ४३औं र ५३औं मिनटमा २ गोल गरे। यसबाहेक इनिगो मार्टिनेजले १३औं, राफिन्हाले ५५औं र फेर्मिन लोपेजले ७६औं मिनटमा गोल गगरे। यसरी सर्बियाई क्लबबाट सिलासले २७औं र मिल्सनले ८४औं मिनटमा गोल गरे। यस जीतपछि बार्सिलोना ४ वटा म्याचमा ९ पोइण्ट्सको साथ च्याम्पियन्स लीग टेबलको छैटौं स्थानमा पुग्यो। यसबीच बायर्न म्यूनिखले पनि बेनफिकाविरुद्ध १-०-ले रोमाञ्चक जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड आलियाञ्ज एरेनामा ७४ प्रतिशत पोजेशनको साथ खेल्ने जर्मनीको क्लबबाट जामाल मुसिआलाले ६७औं मिनटमा गोल गरे। यस जीतपछि बायर्न ६ पोइण्ट्स लिएर १७औं स्थानमा रहन पुग्यो।
यसरी नै इण्टर मिलानले जीतको क्रम जारी राख्दै आर्सनलविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। यस अवे म्याचमा ६३ प्रतिशत पोजेशनको साथ खेल्दै लगातार आक्रमण गरे पनि आर्सनलले गोल हासिल गर्न सकेन। यसको विपरीत मध्यान्तरको ठीक अघि इञ्ज्युरी टाइमको तेस्रो मिनटमा हाकान काल्हानोग्लुले पेनल्टीबाट दिलाएको गोलले इण्टरलाई विजयी बनायो। इटलीको क्लब इण्टरप मिलान अहिले १० पोइण्ट्सको साथ गोल अन्तरको आधारमा पाँचौं स्थानमा रहेको छ। यसरी १२औं स्थानमा रहने आर्सनलसँग ७ पोइण्ट्स रहेको छ। पेरिस सेण्ट जर्मेनले पनि एट्लेटिको म्याड्रिडविरुद्ध १-२-ले हारको सामना गर्नु पऱ्यो। होम ग्राउण्डमा ७२ प्रतिशत पोजेशनको साथ खेल्ने पीएसजीलाई वारेन जाएर-एमेरीले १४औं मिनटमा बढ़त दिलाए पनि एट्लेटिकोले पछिबाट २ गोलको साथ म्याच जित्यो। एट्लेटिको म्याड्रिडबाट नाहुएल मोलिनाले १८औं र एञ्जेल कोरेआले म्याच समाप्त हुन अघि इञ्ज्युरी टाइमको तेस्रो मिनटमा गोल गरे। एट्लेटिको म्याड्रिड ६ पोइण्ट्सको साथ २३औं र पीएसजी ४ पोइण्ट्सको साथ २५औं स्थानमा रहेको छ। इटलीको क्लब एटलाण्टाले भीएफबी स्टटगार्टलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट अडेमोला लूकमानले ५१औं र निकोलो जानिओलोले ८८औं मिनटमा गोल गरे। अटलाण्टा ८ पोइण्ट्सको साथ नवौं स्थानमा रहेको छ। अन्य एउटा म्याचमा ब्रेष्टले स्पार्टा प्राहालाई २-१-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement