सात्विक र चिरागले विश्व च्याम्पियनशीपमा पहिलो काँस्य पदक जिते

२७ अगस्तः सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको भारतीय पुरुष युगल जोड़ीले शुक्रवार टोक्योमा मलेशियाका आरोन चिया र सोह वूई यिकको छैटौं वरीयता प्राप्त जोड़ी विरुद्ध पराजयले गर्दा विश्व ब्याडमिण्टन च्याम्पियनशीपमा आफ्नो पहिलो काँस्य पदक जितेर अभियान समाप्त गऱ्यो। विश्वमा सातौं नम्बरको भारतीय जोड़ीले पहिलो गेम जिते पनि त्यसको फाइदा उठाउन सकेन अनि ७७ मिनटसम्म चलेको म्याचमा २२-२०, १८-२१, १६-२१-ले हारको सम्मुखीन भयो। यो सात्विक र चिरागको मलेशियाई जोड़ी विरुद्ध लगातार छैटौं हार हो। यस महिनाको शुरुवातमा कमनवेल्थ गेम्समा पनि उनीहरूले मिश्रित टीम फाइनलमा यही जोड़ी विरुद्ध हारको सामना गर्नु परेको थियो। यस हारपछि पनि भारतीय जोड़ीले विश्व च्याम्पियनशीपमा प्रभावशाली प्रदर्शन गर्दै भारतको निम्ति एउटा पदक सुनिश्चित गऱ्यो। भारतले २०११ पछि यस प्रतियोगितामा हरेकपल्ट पदक जितेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement