तिहारको अवधिमा सुनसरीबाट ३१ जना जुवाडे पक्राउ

IMG-20241107-WA0043

सुनसरी: तिहारको अवधिमा सुनसरी प्रहरीले ३१ जना जुवाडेलाई पक्राउ गरेको छ। तिहारको समयमा जिल्लाका विभिन्न स्थानमा जुवा तास खेल्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
सुनसरीको वराहक्षेत्र नगरपालिका ३ नडाहाबाट १५ जना र इनरुवा नगरपालिका ६ मधेसाबाट १६ जना जुवा तास खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ। मधेषामा जुवा तास खेल्नेहरूको साथबाट २ लाख ८३ हजार ९ सय ६५ रुपैयाँ र वराहक्षेत्रको नडाहाबाट ९ लाख लाख ६८ हजार रुपैयाँ बरामद गरिएको सुनसरी प्रहरीले जनाएको छ।
नवंबर २क़ो राती मधेषाबाट पक्राउ परेका १६ जना र नवंबर ३क़ो बिहान नडाहाबाट पक्राउ गरिएका १५ जनालाई मङ्गलवार ८ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए। सुनसरी जिल्ला अदालत बन्द भएका भएका कारण दुई दिन अघि पक्राउ गरिएको भए पनि उनीहरूलाई म्याद थप गर्न सकिएको थिएन।
तिहारको मङ्गलवारबाट खुलेसँगै उनीहरूलाई अदालतबाट म्याद थप गरिएको सुनसरी प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement