डिखलेममा दोस्रो रमाइलो तीज समारोह २०२२ को कार्यक्रम भव्यताका साथ पालन

अमित कुमार छेत्री, असम

डिखलेम (असम): डिखलेम संगम संघ र डिखलेम महिला समितिको संयुक्त पहल तथा असम नेपाली साहित्य सभा, डिखलेम शाखा र स्थानीय जनमानसको सक्रिय सहयोगमा डिखलेम टिला नेपाली बस्ती शिव मन्दिर प्राङ्गणमा भव्यताका साथ दोस्रो रमाइलो तीज समारोह साथै विद्धार्थी अभिनन्दन कार्यक्रम सम्पन्न भयो। मुख्य अतिथिका रूपमा वरिष्ठ साहित्यकार तथा अनेसास केन्द्रीय सल्लाहकार सम्माननीय डम्बर दाहाल र मुख्य वक्ताका रूपमा उपस्थित थिएl प. बिहाली कलेजकी प्रवक्ता तारा थापा साथै अनेसास पश्चिम कार्बी आङलङ जिल्ला महिला प्रकोष्ठकी सभानेत्री सम्माननीय कुमारी दाहाल, सचिव ललिता लामा विशिष्ट अतिथि थिए।

अनेसास डिखलेम शाखाकी सभानेत्री मनुमाया देवीबाट झण्डोत्तलन गरेर शुरु भएको कार्यक्रम क्रमशः स्थानीय बुद्धिजीवी राम बहादुर छेत्री र गाउँ प्रमुख नरेन्द्र दाहालको बाहुलीबाट स्मृति तर्पण हुँदै डिखलेम भीडीपीका सभापति तारावीर छेत्रीद्वारा मञ्च उद्घाटन गरियो। यस समारोहलाई संचालन डिखलेम महिला समितिकी सभानेत्री बिमला छेत्रीले गरेकी थिइन्। एक दिवसीय विभिन्न नृत्य-गीत, संगीत, सङ्गिनी, लोक नृत्य, कविता, अभिभाषण हुँदै अन्तमा स्वादिष्ट दर खाँदै रमाइलो तीज समारोह भव्यताका साथ सम्पन्न भयो। यस समारोहमा सम्पूर्ण कार्यक्रम महिलाद्वारा संचालित गरिएको थियो। गाउँका वर्गद्वारा खानपान तयार गरि महिला वर्गलाई दर खुवाउने व्यवस्था थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement