फुटबलको महाकुम्भको दोस्रो दिनको खेल‌मा दार्जिलिङ युनाइटेड विजयी

IMG-20241106-WA0249

गोरुबथान: गोरुबथान बडा फागुमा प्रतिवर्ष झैं यस वर्ष पनि ५ नबम्बरको दिनदेखि भव्यरुपमा लेट शंकर सेन प्राइज मनी नक आउट फुटबल टुर्नामेन्ट शुरु भएको छ।अप्पर फागु स्पोर्टस एन्ड कलचरल एसोसिएसनको आयोजनामा सम्पन्न दोस्रो दिनको खेल खूबै रोमान्चक भएको थियो।दुवै दलका खेलाडीहरुले उत्कृष्ट खेलको प्रदर्शन गरेका थिए।
आज युनाइटेड एफ सी दार्जिलिङ बनाम एन जी आर्मड पुलिसमाझ समपन्न भएको थियो। खेल शुरु भएको २६ मिनेटमा एन जी आर्म्ड पुलिसका जर्सी नम्बर १० ,सोनातान कर्माकारले एक गोल दाग्न सफल भए।हाफ टाइम पछि युनाइटेड क्लबको खेलाडी सुरज काम्ती (४) ले १३ मिनटको अवधिमा एक गोल दागेर खेल बराबरीमा पुर्याए।रोमान्चक खेल चलिरहेको समयमा फेरि युनाइटेड एफ सीका अर्का खेलाडी लाक्पा पाख्रिन (७)ले २१ मिनटमा अर्को गोल दागेर आफ्नो टिमलाई एक गोलको बढोत्तरी दिन सफल भए।खेलको अन्त अन्ततिर एनबी आर्मडका खेलाडी पेलजोङ लामा(५) ले ३१ मिनट जाँदा एक गोल दागेपछि दुवै टीम बराबरीमा पुगे।खेलको अन्तसम्म दुवै दलका खेलाडीहरुले घुँडा धसेर खेले तर कुनै गोल दाग्न नसकेपछि निर्णायकगणले पेनाल्टीको माध्यमबाट हारजित निर्णय गर्ने निधो गरे। पेनाल्टी हान्नेक्रममा युनाइटेड एफसीले चार गोलको बदलामा ५ गोल दागेर विजयी बन्न सफल भए।भोलिको खेल ब्राइट स्पोर्टिङ्ग क्लब बनाम युजीएफसी गीतडाब्लिङमाझ भिडन्त हुने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement