राजगञ्जमा एक युवकको झुण्डिएको मृतदेह फेला

Chhetriya-Samachar-1

राजगञ्ज: घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा युवकको लाश देखेपछि क्षेत्रमा सनसनी मच्चिएको घटना बुधबार दिउँसो राजगञ्ज ब्लकको सन्यासिकता ग्राम पञ्चायतको ब्रम्मताल पाडामा भएको हो। मृत्यु हुने युवकको नाम विश्वजित रोय (२५) हो । स्थानीय स्रोतका अनुसार विश्वजित मजदुरी गर्थे। उहाँका श्रीमती, छोराछोरी र आमाबुवा हुनुहुन्छ। विश्वजित आज दिउँसो खाना खाएर घरबाट निस्किएका थिए। पछि युवकको शव घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो। खबर पाएलगत्तै राजगञ्ज थानाको पुलिस घटनास्थलमा पुगेर लाश बरामद गरी पोस्टमार्टमका लागि पठाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement