सिलगढी: डबग्राम नम्बर दुई जिएसएफपी विद्यालय प्रशासनले सरकारी विद्यालयको पाठ्यपुस्तक बेचेको आरोप लागेको घटना सिलगढीको पाँच नम्बर वार्डको नोटुनपाडा क्षेत्रमा भएको हो। घटनालाई लिएर स्थानीय जनतामा आक्रोश छ। विद्यालयका शिक्षकहरूले सरकारबाट प्राप्त पाठ्यपुस्तक बेचेको स्थानीयको गुनासो छ। साथै विद्यालयमा नियमित पठनपाठन पनि हुँदैन। विद्यालयका शिक्षक समयमै आउँदैनन् जसका कारण विद्यार्थी पनि विद्यालय जान पाउँदैनन्। यसप्रति आज स्थानीयले आक्रोश व्यक्त गरेका छन्। विद्यालयका सहायक शिक्षिका बबिता पालले स्थानीयको गुनासो निराधार भएको बताइन्। केही पुराना खाताहरू बेचेका छन्। सोही क्रममा उनले विद्यालय परिसरमा लागुऔषध दुव्र्यसनलगायत समाजविरोधी गतिविधि केही स्थानीय युवाले गरिरहेको आरोप लगाए। विद्यालयको मैदानमा कार पार्किङको व्यवस्था गरिएको छ। उनले खाल्पाडा पुलिस थाना लगायत धेरै ठाउँमा सूचना दिए पनि अवस्था यथावत रहेको बताए।










