गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले छठ पूजाको शुभ अवसरमा सिक्किमका जनता र छठ पर्व मनाउने सबैलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले आज सोशियल साइट फेसबुक पोस्टमा भने, ‘हामी सूर्य देवको शक्ति, गरिमा र कृपाको सम्मान गरौं, जसले हामीलाई जीवनको यात्राको हरेक पाइलामा चम्किन र फस्टाउन प्रेरित गर्दछ।
सूर्य भगवानको आशीर्वादले सबैको जीवनमा खुशी, समृद्धि र सद्भाव लिएर आओस्। यस पर्वले हाम्रो बन्धनलाई अझ गहिरो बनाओस् र उज्यालो भविष्यतर्फको हाम्रो बाटोलाई उज्यालो बनाओस्।’









