गान्तोक: सिक्किमको रोम बियोन्ड नाम एक ट्राभल कम्पनीले लण्डनमा आयोजित विश्व ट्राभल मार्केटमा भाग लिने मौका पाएको छ। पेमा छेवाङ तोप्गेको नेतृत्वमा उक्त ट्राभलले सिक्किमको पर्यटन उद्योगमा महत्वपूर्ण योगदान पुऱ्याएको छ। ५ देखि ७ नोभेम्बरसम्म चल्ने उक्त उत्सवमा विश्वभरिका ट्राभल एजेन्ट र अधिकारीहरु सहभागी हुनेछन्। यस अवसरमा टोलीले सिक्किमको पुराना जीवन्त संस्कृतिहरू र परम्पराहरूबारे जानकारी गराउने भएको छ। उनले आफ्नो अनुभव बताउँदै लण्डनको विश्वस्तरीय कार्यक्रममा भाग लिन पाउँदा उत्साहित भएको बताए। यस प्लेटफर्मले हामीलाई सिक्किमको समृद्ध जैविक विविधता, पर्यावरण-मैत्री योजनाको लागि दृष्टिकोण र हाम्रो क्षेत्रमा पर्यटकहरूलाई दिने आतिथ्य दिने प्रोत्साहित गरेको उल्लेख गरे। यसबीच लण्डनमा भारतीय उच्चायुक्त विक्रम धोराईस्वामी र अतिरिक्त उपमहानिधि मुक्ता रायले वर्ल्ड ट्राभल मार्केटमा रहेको रोम बियोन्ड स्टलको भ्रमण गरेका थिए।