त्रिवेणी राईको फिल्म गोवा अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सामेल

IMG-20241106-WA0262

गान्तोक: युवा फिल्म निर्माता त्रिवेणी राईले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडियातिर ध्यानाकर्षण गरिरहेकी छन्। निर्माता राई आफ्नो डेब्यू नेपाली फिचर फिल्मको निर्माणको अन्तिम चरणमा छिन्। उक्त फिल्म सिक्किमका विभिन्न स्थानमा छायांकन गरिएको छ। जानकारी अनुसार भारतको राष्ट्रिय चलचित्र विकास निगमले सोमबार छवटा फिल्महरू छनोट गरेको छ। जसले अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा चर्चा पाउने आशा गरिएको छ। उक्त महोत्सव आगामी २०-२८ नोभेम्बरसम्म गोवामा हुनेछ। छनोट भएका चलचित्रमध्ये त्रिवेणी राईको नेपाली भाषाको फिल्म ‘सेप अफ मोमो’ पनि परेको छ। उनको फिल्मको चयनबारे हिन्दुस्तान टाइम्स र अमेरिको अनलाइन समाचार ‘भेरायटी’ राष्ट्रिय मिडिया हाउसहरूले व्यापक रूपमा रिपोर्ट गरेका छन्। यसअघि पनि निर्माता राईले धेरैवटा साना फ्ल्महरु निर्माण गरिसकेका छन्। उनले सिक्किममा मात्र होइन देशको विभिन्न स्थानमा आफ्नो प्रतिभाको नमूना प्रस्तुत गरिसकेकी छन्।

About Author

Advertisement