स्टेट सिविल सर्विसका नव निर्वाचित अधिकारीहरूले मुख्यमन्त्री तामाङसँग भेट

IMG-20241106-WA0261

गान्तोक: सिक्किम स्टेट सिविल सर्विसका नव निर्वाचित अधिकारीहरूले आज राज्यका मुख्यमन्त्री प्रेम सिंह तांमाङसँग उनको सरकारी निवास मिन्तोगाङमा भेट गरे। उक्त समितिमा अध्यक्षको पदमा दुष्यन्त परिवार, उपाध्यक्ष मनोज राई, महासचिव थिन्ले पेमा चान्कापा, कोषाध्यक्ष आशा सुब्बा, संयुक्त सचिव हिम्मत राई, सुरेश राई र छिन्टोप भोटिया, सह कोषाध्यक्ष मुन्ना प्रधान रहेका छन्। उनीहरूले गत १३ सेप्टेम्बरको दिनदेखि आफ्न पदभार सम्हालेका हुन्। भेटको क्रममा मुख्यमन्त्रीसँग औपचारिकरूपमा परिचय आदान प्रदान गरियो। भेटको क्रममा मुख्यमन्त्री तामाङले स्टेट सिविल सर्विसको गुनासोबारे जानकारी लिँदै सरकारको तर्फबाट सबै प्रकारको आवश्यक सहयोग प्रदान गर्ने बचन दिएका छन्। स्टेट सिविल सर्विसको वार्षिक सभा गत २५ जुलाईको दिन सम्पन्न भएको र यसको आयोजना पूर्व समितिले गरेको थियो। मुख्यमन्त्रीले राज्यमा सामाजिक कारणहरूमा बहुमूल्य योगदान दिन र जनताको जीवनमा परिवर्तन ल्याउन विभिन्न पहलहरू गर्नुपर्ने सुझाउ दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement