एकाडमी नाइट्स (गान्तोक) च्याम्पियन

IMG-20241106-WA0274

दार्जीलिङ: राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको तत्त्वावधानमा आयोजित बिशाल सेंगदेन स्मृति दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको १५औं संस्करणमा एकाडमी नाइट्स (एके), गान्तोक च्याम्पियन भयो। फेञ्चेटार खेल मैदान (दार्जीलिङ)-मा मंगलवार भएको फाइनल म्याचमा एकाडमी नाइट्सले फ्युचर स्टार स्पोर्टिंग क्लब (जोरथांग, सिक्किम)-विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट एकमात्र गोल जोन छिरिंग लेप्चाले म्याचको पहिलो मिनटमै दर्ता गरे। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।
संक्षिप्तमाः
च्याम्पियनः एकाडमी नाइट्स (गान्तोक)
रनरअप्ः फ्युचर स्टार स्पोर्टिंग क्लब (जोरथांग, सिक्किम)
फेयर प्ले ट्रफीः राजगञ्ज
प्लेयर अव् द टुर्नामेण्टः अनुराग छेत्री
प्लेयर अव् द म्याचः जोन छिरिंग लेप्चा
बेस्ट गोलकीपरः लाक्पा भूटिया

About Author

Advertisement