मंगपू: मंगपू युथ क्लबको तत्त्वावधानमा आयोजित मंगपू गोल्ड कप फूटबल टुर्नामेण्ट २०२४-मा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी) च्याम्पियन भयो। मंगपू खेल मैदानमा बुधवार भएको फाइनल म्याचमा यूकेएफसी-ले गान्तोक हिमालयन स्पोर्टिंग क्लब (सिक्किम)-विरुद्ध १-०-ले जीत हासिल गऱ्यो।

विजेता टीमबाट म्याचको एकमात्र गोल सतिश राईले ६७औं मिनटमा गरे। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

संक्षिप्तमाः
च्याम्पियनः युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)
रनरअप्ः गान्तोक हिमालयन स्पोर्टिंग क्लब
प्लेयर अव् द म्याचः सतिश राई (यूकेएफसी)
फेयर प्ले ट्रफीः गान्तोक हिमालयन स्पोर्टिंग क्लब