कटारी: उदयपुरको कटारी नगरपालिका-९ स्थित एउटा घरमा आगलागी भएको छ।खम्बसिंह थापामगरको घरमा आगलागी भएको हो। ढुंगा माटोको गाह्रो र खरको छानो भएको २ तले घरमा आगलागी भएको प्रहरीले जनाएको छ।आगोले घर पूर्णरूपमा जलेर ध्वस्त भएको छ। घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडावर्तन, काठपात र नगद ९५ हजार रूपैयाँ जलेको प्रहरीको भनाइ छ।
आगलागीमा ६ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। स्थानीयले आगो करिब आधा घण्टापछि नियन्त्रणमा लिएका थिए।
घटनामा मानवीय र चौपाया क्षति भने भएन। आगलागीको कारण खुल्न बाँकी छ। यद्यपि, विद्युत सर्ट भएर घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।